राष्ट्र नायक बनेर, दुश्मन हिलाउनुपर्छ ।
मौकामा जनतालाई, भरोषा दिलाउनुपर्छ ।
फूलबारीभित्र, उम्रेका विष झारहरुलाई,
जरैदेखि उखेलेर, राम्ररी जिलाउनुपर्छ ।
प्यासा छन् जनता, सदियौँदेखि काकाकुल सरी,
जतिसक्दो छिटो अब, अमृत पिलाउनुपर्छ ।
घर फुटे गवाँर लुटे, भएको छ चरितार्थ,
त्यसैले घरभित्रको, झगडा मिलाउनुपर्छ ।
चिराचिरा परेको छ छाती, आमाको पीडामा छन्,
अब तिम्रो सत्कर्मले, त्यो घाऊ सिलाउनुपर्छ ।
१४ असार २०७७
नेपालगन्ज-२०, राँझा एयरपोर्ट बाँके
चिरञ्जीवी ढकाल ।