बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तबले बताइन् ।
कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गरेकी छन् । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।
सत्यपाटी ।