सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

के तपाईलाई कोरोना भएको शंका लाग्यो ? अब निशुल्क परिक्षण गुर्नहोस्

बाँके । बाँके जिल्लामा कोरोना संक्रमण लागेको शंका लागेमा त्यसको पिसिआर परिक्षण निशुल्क हुने गरि स्थानीय सरकारको सहकार्यमा जिल्ला प्रशासनले व्यवस्था मिलाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लाका हरेक पालिकामा पिसिआर परिक्षण गराउन चाहनेहरुले सम्पर्क गर्न सक्नेछन् ।

कोरोना परिक्षणमा महँगो मुल्य तिर्नुपर्ने अवस्था देखिएका बेला बाँकेमा भने आमनागरिकको स्वास्थ्य परिक्षण निशुल्क हुने भएपछि नागरिकहरु खुसी भएका छन् । प्रजिअ कुरूम्वाङको पहल र सक्रियताका कारण यहाँका स्थानीय तहसँगको सहकार्यमा बाँकेका आठ वटै पालिकामा पिसिआर परिक्षण गराउन चाहनेले सम्पर्क गर्न सक्नेछन् ।

कोरोना संक्रमणको शंका लागेमा त्यसको पिसिआर परिक्षण निशुल्क हुने गरि स्थानिय सरकारको सहकार्यमा जिल्ला प्रशासनले व्यवस्था मिलाएको बाँकेका प्रजिअ कुरूम्वाङ बताउँछन् । पिसिआर चेकजाँचका लागि भेरी अस्पतालमा प्रसिद्ध ढकाल, स्वास्थ्य कार्यालयमा केशव ज्ञवाली, डिओसीमा अर्जुन कार्कीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

https://www.facebook.com/prachand.gautam/posts/3187216124665507

त्यस्तै पिसिआर चेकजाँच गर्न चाहनेले नेपालगन्जमा रामबहादुर चन्द, कोहलपुरमा डिल्ली पोखरेल, खजुरामा सुदिप पौडेल, बैजनाथमा लक्ष्मण शाही, जानकीमा दलबहादुर राना, डुडुवामा धनबहादुर बुढा, राप्तीसोनारीमा विष्णु चुडाली, नरैनापुरमा मोइन खाँलाई सम्पर्क गर्न सर्वसाधारणलाई प्रशासनले भनेको छ ।

जिल्लाको कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेस्ठले भने, ‘हामी सरकारी नियमनानुसार कोरोना शंका लागेकाहरुको पिसिआर तुरुन्तै गर्नेगरि काम गरिरहेका छौ । अहिलेसम्म १९ हजारको पिसिआर चेकजाँच गरिसकेका छौं । यो काठमाडौं बाहिर सबैभन्दा धेरै चेकजाँच हो ।’ श्रेष्ठले अहिलेसम्म बाकेमा ९७५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमध्ये हाल उपचारमा २६६ जना रहेका छन् भने ६ जनाको निधन भएको छ । कोरोना संक्रमित ७०३ जना निको भएर घर फर्किसकेका छन् । बाँकेका सिडिओ कुरूम्वाङका अनुसार आइतबार १४ संक्रमित कोरोना जितेर घर फर्किँदै छन् । कोरोनाले तहसनहस भएको नरेनापुर नेपाली सेनाको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा लागू गराउन प्रजिअ कुरुम्वाङ जिल्ला संकट व्यवस्थापनको टिमसहित आफै फिल्डमा खट्दै आएका छन् । बाँकेमा मास्क नलगाई हिड्नेलाई पनि कारवाही चलाइएको छ । शनिबार बिहानसम्म मास्क नलगाउने १३१० जनालाई जनही रु १०० जरिवाना गरि एक लाख एकतीस हजार राजस्व संकलन गरिएको प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतवार ०७:३१