सूचनाको शक्ति - The Power Of Information

        

अपराध

मजारमै मौलबीद्वारा दुई युवतीलाई बलात्कृत

बाँके । बाँकेमा एक मौलानाले झारफुकको बहानामा हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा बोलाएर दुई युवतीलाई बलात्कार गरेका छन् । पीडितको उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित मजारका मौलबी ४० वर्षीय नजिर मोहमद साइँलाई पक्राउ गरिएको छ ।

बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाका अनुसार ती मौलबीले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार मजारमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ । बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो ।

‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं ।’ एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । डीएसपी खड्काका अनुसार पीडित दुवै युवती तथा कथित मौलबी पनि विवाहित हुन् ।

नोट : यसअघि मजार र मौलबी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । –सम्पादक

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १२:४१