सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट नेपालमा ४९ हजारको मृत्यु हुनसक्ने अध्ययनको निष्कर्ष

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २०० जनाको मृत्यु हुन सक्ने अनुमान गरेको हो ।

‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको हो । तर नेपालले अवलम्बन गर्ने रणनीतिमा यो कुरा भरपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ । नेपालले मध्यम किसिमको रणनीति अपनाएमा यसबाट हुने मृत्युको संख्यालाई ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उच्च अवरोधक रणनीति अपनाएका खण्डमा मृतकको संख्यालाई अझ ३३ हजारमा पनि झार्न सकिने प्रतिवेदनमा बताइएको छ । अन्यथा यो वर्ष (सन् २०२०)को अन्त्यसम्ममा नेपालमा कोरोना संक्रमणबाट ४९ हजार २०० जनाको ज्यान जानसक्ने अध्ययन प्रतिवेदनले चेतावनी दिएको छ ।

अध्ययन प्रतिवेदन : ‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १२:१९