सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना पुष्टि

कास्की । गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ ।

शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ ।

यसअघि पनि मणिपाल अस्पतालका एक चिकित्सकलाई कोरोना भेटिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ०९:३८