सूचनाको शक्ति - The Power Of Information

        

डोटीमा भोलि रातिदेखि निषेधाज्ञा

डोटी । डोटीमा भदौ १४ गते आइतबार राति १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ।

जिल्लामा कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो।

डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको निर्णय गरिसकेको र आइतबार आदेश जारी गरिने बताए ।

निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने उनले बताए।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ०९:२२