बाँके । नेपालगन्ज उपमहानगरपालिकामा हालसम्म तीन हजार बढीको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार हालसम्म तीन हजार २१५ जनाको पिसिआर परीक्षण भएको हो ।
यस्तै एकहजार ८९० जनाको आरडिटी परीक्षण भएको छ । परीक्षणबाट ३६० जनामा संक्रमण देखिएकोमा २५१ जना उपचारपछि निको भई घर फिर्ता हुनुभएको छ । तीन जना जनप्रतिनिधी र २२ जना कर्मचारीमा संक्रमण भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा हालसम्म दुई हजार १९३ जना बसेका छन् । हाल ४७ जना रहेका छन् । उपमहानगरभित्रका आइसोलेसन केन्द्रको ब्यवस्थापनमा उपमहानगरपालिका लागिपरेको चन्दले बताए । औषधी खरिद गरि नगरभित्रका सम्पूर्ण स्वास्थ्य शाखामा पठाइएको छ ।
सत्यपाटी ।