सूचनाको शक्ति - The Power Of Information

        

कोरोना नियन्त्रणमा चार करोड खर्च

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । प्रकोप व्यवस्थापनमा एक करोड ७१ लाख ७८ हजार १४६ रुपैयाँ आम्दानी भएकोमा एक करोड ५२ लाख १३ हजार ५२० रुपैयाँ खर्च भएको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

नगर प्रमुख डा.धवलशम्शेर राणाको उपस्थितीमा उपप्रमुख मगरले खर्च विवरण सार्वजनिक गरेकी हुन् । कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघ संस्था लगायतले सहयोग गर्नुभएको छ । २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५११ जनालाई दुई करोड ५५ लाख ३४ हजार २५० रुपैयाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १७:३२