सूचनाको शक्ति - The Power Of Information

        

पर्सामा ४२ जना संक्रमित थपिदा १०३ डिस्चार्ज

पर्सा ।  पर्सामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राती गरिएको परीक्षणमा पर्साका थप ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

प्रयोगशालामा बिहीबार राती ३ सय ८ जनाको स्वाबको नमूना परीक्षण गर्दा पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको चौरसीयाले बताए । बिहीबार राती पर्सामा थपिएका ४२ जनामध्ये वीरगन्ज महानगरपालिकाको वडा नम्बर नमबर ११, १२, १३, २१, र २७ का गरि ३९ जना रहेका छन् ।

यस्तै पर्साको कालिकामाइ गाउँपालिका २ भेडिहारीका २ जना र पर्सागढी नगरपालिका ८ हरपुरमा एकजनामा संक्रमण भेटिएको प्रवक्ता चौरसीयाले जानकारी दिए । बिहीबार ४२ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या  २ हजार ६४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

एकै दिन १०३ जना डिस्चार्ज

यसैबीच पर्सामा एकैदिन १ सय ३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

वीरगन्जस्थित २ वटा कोभिड अस्पताल र पोखरीया अस्पतालको आइसोलेसन गरी बिहीबार साँझ १ सय ३ जना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

यस्तै बुधबार साँझ पनि ६६ जना निको भइ घर फर्किएका थिए । पर्सामा अहिले सम्म ५४७ जना निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । श्रीवास्तवका अनुसार , वीरगन्ज स्थित दुईवटा कोभिड अस्पतालमा अहिले १३१ जना मात्रै संक्रमित उपचाररत छन् । यस्तै होम आइसोलेसनमा ८०४ जना संक्रमित छन् ।

विभिन्न अस्पतालका आइसोलेसन, धर्मशाला, होटल र विद्यालयका सेमी आइसोलेसनमा ३८३ जना संक्रमितलाइ राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:१७