सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञाका बेला चितवनमा ११ जना जुवाडे पक्राउ

चितवन । चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको अवस्थामा स्कुलका हेडमास्टर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर स्कुलका हेडमास्टर सहित ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १०:४३