सूचनाको शक्ति - The Power Of Information

        

सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण

कैलाली । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्र्मीको संख्या १२ पुगेको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमितमध्ये तीन जना सफाई कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेको जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका दुई जनाले कोरोना जितेको बताउँदै उहाँले बाँकी १० जनाको उपचार भइरहेको बताउनु भयो ।

संक्रमित १२ जनामा ११ जना महिला हुन् भने एक जना पुरुष छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ०९:३०