काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर नेपालको पश्चिमि भूभाग तर्फ केही नजिक रहेको छ ।
साथै भारतको ओडिशा राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै उत्तरपश्चिमतर्फ सर्दै जाने देखिन्छ ।
अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
।