सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट नेपालगन्जकी ७० बर्षीया महिलाको मृत्यु, बाँकेमा मृतकको संख्या ६ पुग्यो

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उमहानगरपालिका–७ की ७० बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

छातिको समस्या भएपछि ती महिला भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन नमुना संकलनगरी भेरी अस्पताल पठाइएको थियो । त्यसको दुई दिनपछि रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारका क्रममा आज विहीबार विहान ११ः३० मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । चिकित्सकका अनुसार ती महिलाको दुवै फोक्सोमा निमोनिया भएको थियो । यसअघि नेपालगन्जका दुई, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा एक–एकजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १३:११