सूचनाको शक्ति - The Power Of Information

        

विराट-अनुष्का बुवाआमा बन्दै, आउँदो जनवरीमा सन्तान जन्मिने

एजेन्सी। अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली आमाबुवा बन्ने भएका छन्। २०१७ मा विवाह गरेका विराट अनुष्का सन् २०२१ को जनवरीमा आमाबुवा बन्न लागेका हुन्। विराटले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका छन्।

गर्भवती अनुष्कासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामी तीन। २०२१ जनवरीको पर्खाइ।’ विवाह गरेको तीन वर्षपछि अनुष्का गर्भवती भएकी हुन्। आमाबुवा बन्न लागेको जानकारीपछि उनीहरूलाई शुभकामना दिन थालेका छन्।

पछिल्लो केही समयदेखि अनुष्का गर्भवती भएको जानकारी सामाजिक सञ्जालमा आइरहेका थिए। अनुष्कालाई मुम्बईको एक अस्पतालबाट बाहिर आइरहेको तस्वीर सार्वजनिक भएको थियो।

जसमा उनी गर्भवती भएको अनुमान गरिएको थियो। तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको थिएन। अन्ततः विराटले यसको पुष्टि गरेका हुन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १२:२०