चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिननजिकै २ किलोमा आज (बिहीबार) बिहान करिब ७ बजेतिर सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर बिहान पौने १० बजेटबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । हाल जाममा परेका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
।