बाँके । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित कुल संक्रमितको संख्या ३३ लाख ७ हजार नाघेको छ । १ हजार १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६० हजार ६२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ लाख ९८ हजार पुगेको छ भने १ हजार २३६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ८३ हजार ६०० पुगेको छ ।
यस्तै ब्राजिलमा ४७ हजार ८२८ संक्रमित थपिएका छन् भने १ हजार ९० जनाको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितको संख्या ३७ लाख २२ हजार तथा कुल मृतकको संख्या १ लाख १७ हजार ७५६ पुगेको छ ।
त्यस्तै हिजो कोलम्बियामा १० हजार, अर्जेन्टिनामा साढे १० हजार, मेक्सिकोमा ५ हजार, फ्रान्समा ५ हजार ४०० तथा इराकमा ३ हजार ८०० जना संक्रमित थपिएका छन् । योसहित पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६३ हजार संक्रमित थपिएका छन् ।
यस्तै ६ हजार १४६ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म संक्रमति हुनेको संख्या २ करोड ४३ लाख पुगेको छ भने मृतकको संख्या ८ लाख २८ हजार पुगेको छ । १ करोड ६८ लाख मानिस उपचारपछि निको भएका छन् ।
सत्यपाटी ।