बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८५ मा कोरोना संक्रमण भेटिएको जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार २५३ पीसीआर परीक्षणमा ८८५ मा संक्रमण भेटिएका हुन् ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । जसमध्ये १९ हजार ५०४ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४३९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए ।
सत्यपाटी ।