सूचनाको शक्ति - The Power Of Information

        

पाँच वर्षपछि सामूहिक बलात्कारका दोषी पक्राउ

दाङ । सामूहिक बलात्कारमा दोषी ठहर भई फरार रहेका सन्दीप चौधरीलाई जिल्ला प्रहरी कार्यलय दाङले ५ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले दाङ राप्ती गाउँपालिका–३ का २६ वर्षीय सन्दीप चौधरीलाई आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यलय दाङले पक्राउ गरको हो ।

२०७३ साल भदौ २७ गते सर्वोच्च अदालतले १० वर्ष ३ महिना कैद सजाय तोकेको थियो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत दाङमा बुझाइएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १६:०३