सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकै दिन १ हजार ६६ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी ।  भारतमा पुनः एकै दिनमा थपिएका कोरोना संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ। मंगलबार त्यहाँ ५९ हजार ६ सय १२ संक्रमित थपिएका हुन्। यस्तै, भारतमा एकै दिन १ हजार ६६ जनाको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ३१ लाख ६७ हजार ३ सय २३ छ भने हालसम्म ५८ हजार ३ सय ९० जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमणको हटस्पट महाराष्ट्रमा मंगलबार३ सय २९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ७ सय ९४ पुगेको छ।

मंगलबार कर्नाटकमा १ सय ४८, तमिलनाडुमा १ सय ७, आन्ध्र प्रदेशमा ९२, पीश्चम बंगालमा ५८ र पञ्जाबमा ४९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ११:१२