सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, भरतपुरका मात्रै ३६ संक्रमित

५ देखि ५४ वर्ष उमेर समूहका

चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् ।

भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् । यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

रत्ननगर नगरपालिकाको वडा नं. १, ६ र १३ मा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् । यसैगरी खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको ल्याब प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०७:४४