सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोनाबाट हुने मृत्युदर तीब्र बन्दै, एक महिनामै ११४ को मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ। गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्। गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो।

पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११, शनिबार ११, आइतबार ३ र सोमबार ८ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०८:०२