कास्की। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार बिहान थप ४ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा कुल संक्रमितक ओसंख्य १८९५ पुगेको हो ।
नयाँ संक्रमित सबै कास्कीको पोखरा महानगरपालिका वार्ड नम्बर १३ का २ जना भारतबाट आएका हुन् भने अन्य २ जना व्यक्तिहरु कन्ट्रयाक्ट ट्रेसिंगबाट पहिचान भएका हुन् ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ रहेको छ भने निको हुने दर ८६.४९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
।