सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम

प्रदेश ५ र सुदूरपश्‍चिमबाहेकका ठाउँमा बर्षा : महाशाखा

डुबान समेत हुन सक्ने भएकोले सतर्क रहन अपील

काठमाडौं। देशभर सामान्य बदली रही बागमती, गण्डकी र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल नेपालको मौसममा बंगालको खाडीबाट निस्किएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ। आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्क रहन अपील गरिएको छ।

आज दिउँसो र राति प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०७:१३