सूचनाको शक्ति - The Power Of Information

        

उत्तर कोरियाका शासक किम ‘कोमा’मा !

एजेन्सी । उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ । उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएको खबर सार्वजनिक भएको थियो । न्युयोर्क पोस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्,’ भनेका छन् ।

उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन् । यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए । तर पछि उनी सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ११:२५