सूचनाको शक्ति - The Power Of Information

        

अब बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं ।  अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो । १० वर्षपछि परिमार्जन गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ०८:२७