सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मात्रै मृतकको संख्या १० पुग्यो

संक्रमितको संख्या ८ सय १३

मोरङ ।  कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर ८ का ६५ वर्षीय पुरुषको कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको महानगर उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । उनमा संक्रमण पुष्टि भएपछि आइतबार साँझ ६ वजे अस्पताल भर्ना गरिएको थियो । तर त्यसको ५ घण्टापछि नै राति ११ वजे मृत्यु उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ०८:२३