सूचनाको शक्ति - The Power Of Information

        

बायर्नलाई छैटौंपल्ट च्याम्पियन्स लिग उपाधि, पीएसजी १–० ले पराजित

काठमाडौं ।जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।

फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे । जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् ।

बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौंपल्ट हो । पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ ।बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो । एजेन्सी

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ०६:५२