सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा खाद्यान्न पसल अब बिहान नौ बजेसम्म मात्र खोल्न पाइने

Vendors at the Kalimati Fruits and Vegetables Market await costumers, on Tuesday, October 31, 2017. Photo: RSS

काठमाडौं ।  उपत्यकाका तीनवटै जिल्लामा अब बिहान मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ। औषधि, पानी र स्वास्थ्य सामग्रीका पसल भने बन्द हुने छैनन्।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार उक्त निर्णय गरेको हो।

अब बिहान ९ः१५ बजेसम्म मात्र यी अत्यावश्यक सेवामा पर्ने व्यवसाय खुल्न पाउने छन्। माछामासु पसलका लागि पनि सोही समय तालिका तय गरिएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतवार १९:१०