सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका ११ सहित आज थप ८१८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति?

काठमाडौं ।  देशभर आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका १२, भक्तपुरका २८, झापाका १०, मोरङका ५०, सुनसरीका ९, धनुषाका ६०, पर्साका १३९, बाराका ३९, महोत्तरीका ३४, रौतहटका ९, सप्तरीका ४, सर्लाहीका ९१, सिरहाका १४, काभ्रेका २७, दोलखाका ६ र धादिङका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका १, रसुवाका १, रामेछापका २, सिन्धुलीका १, कास्कीका ५, गोरखाका २, नवलरासीका ६, पाल्पाका २, प्यूठानका २, बर्दियाका २, बाँकेका ११, रोल्पाका १, जुम्लाका २, रुपन्देहीका २८, रुकुमका ७, अछामका २३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका ३ तथा बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतवार १९:०६