नेपाल विश्वकै विविध भौगोलिक बनावट र जैविक विविधताले सम्पन्न मुलुकको रूपमा चिनिन्छ । यहाँका धेरै सम्भावनाहरूमध्ये कृषि विकासको सम्भावनालाई नेपाली आवश्यकतासँग जोडेर अगाडि बढ्नु आजको आवश्यकता हो । समुन्नत राष्ट्र निर्माणको लागि कृषिभित्रको महत्वपूर्णहरू खाद्यान्न वाली, तरकारी, फलफूल, दूध, मासु, अण्डा आदिको उत्पादन र उत्पादकत्व बढाउनको लागि असल कृषि अभ्यास तथा असल पशुपालन अभ्यास अवलम्बन गर्नु अत्यावश्यक छ ।
हावापानी तथा भूमि सुहाउँदो खेती गर्नुपर्ने त्यतिकै आवश्यक छ । जलवायु परिवर्तनले कृषिलाई सबैभन्दा बढी असर पारिरहेकोले सोको असर न्यूनीकरणमा ध्यान दिनु पनि त्यतिकै जरुरी छ । नेपालमा कृषि क्रान्ति सम्पन्न गर्ने हो भने कृषि पेसा समाजमा सम्मानित पेसाको रूपमा स्थापित हुनुको साथै कुनै पनि नेपाली जोखिमपूर्ण रोजगारीको लागि बिदेसिनुपर्दैन । कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, औद्योगीकरण, विविधिकरण, बजारीकरण भई रोजगार प्रवर्द्धन हुनेछ ।
मुलुक खाद्यान्नमा आत्मनिर्भर हुँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुनेछ । यसको माध्यमबाट सबै नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था मुलुकभित्र हुन जानेछ । कृषि पेशाकै माध्यमबाट मुलुकमा सुशासन कायम हुँदै भ्रष्टाचार नियन्त्रण तथा निर्मूल उन्मुख हुन जानेछ । गरिब र धनी, हुने र नहुने बीचको दूरी हट्न गई नागरिकहरू नैतिकवान् हुन गई असल नागरिक भई नागरिकको दायित्व पुरा गर्न सक्षम हुनेछन् । कृषिले समाजमा अपराध न्यूनीकरण हुने र मुलुकमा समाजवादको आधार स्तम्भ स्थापना हुनेछ ।
किसान आन्दोलनका महानायक भीमदत्त पन्त लगायतका शहीदहरूले जस्तै अबका दिनमा कुनै पनि नेपाली आमाका सपुतले किसान आन्दोलनको नाममा सहिद हुन नपरोस् । करिब पचास लाख नेपाली विदेशमा छन् । कुल गाह्रस्थ उत्पादनको करिब २५५ योगदान रेमिटेन्सबाट र सबै भन्दा महत्त्वपूर्ण योगदान कृषि क्षेत्रको रहेको छ । यसको कुल गाह्रस्थ उत्पादनको करिब २७५ योगदान रहेको छ । आर्थिक तथा सामाजिक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको छ । युवाहरूलाई यस पेसामा आकर्षण गर्ने नीति बनाउनु आवश्यक छ ।
कोभिड १९को विश्वव्यापी महामारीले विदेशमा रहेका लाखौँ युवाहरू स्वदेश फर्केका छन् । ती युवायुवतीहरू अव विदेशमा सिकेको सीप तथा ज्ञानको प्रयोगबाट स्वदेशमा नै कृषि व्यवसाय तथा कृषिमा आधारित उद्योग सञ्चालन गर्न उत्प्रेरित गर्न सक्नुपर्दछ । हाम्रा कतिपय ऐन कानुन तथा नीति नियमहरू लगानीमैत्री छैनन् । हाल विद्यमान नीतिगत तथा कानुनी अवरोधहरूलाई हटाउनुपर्दछ । कृषि कर्म गर्नेलाई सरकारले जमिन उपलब्ध गराउन सक्नुपर्दछ । आयातित खानेबानीहरुलाई निरुत्साहित गरी परम्परागत खानेवानीहरुको संरक्षण, संवर्द्धन र विकास गरी संस्कृतिको विक्री गर्न सक्नुपर्दछ ।
यसले कृषि पर्यटनलाई टेवा पु¥याउँदै आयआर्जनमा वृद्धि हुनुको साथै रोजगारीका अवसरहरूमा समेत वृद्धि हुन्छ कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो यस कारण जोताहालाई जमिन उपलब्ध गराउने तथा जमिनको हदबन्दी पुनरावलोकन गरी हदबन्दीभन्दा बढी जमिनलाई भूमि बैङ्कमा जम्मा गरी कृषि कर्म गर्नेहरूलाई लिजमा दिने वा सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर तत्कालै सामूहिक खेती गरेर वा सार्वजनिक जमिन कृषकलाई वितरण गरेर वहुआयामिक खेती सुरु गरी उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ ।
किसानको कृषि कर्म गरी बचतको सुनिश्चित गर्न सकिन्छ । चामल वार्षिक करिब ३० अर्व, गुन्द्रुक करिब १ अर्व,फलफूल, तरकारी, मसला, तेल, सामुद्रिक माछा वार्षिक करिब ३० अर्व, मासु जन्य पदार्थ करिब २.५ अर्व र वार्षिक कुल कृषि जन्य पदार्थ करिब ६० अर्व भन्दा बढीको आयात भइरहेको अनुमान गरिएको छ । २०४१/०४२ सालसम्म नेपाल ले विभिन्न प्रकारका खाध्यान्न हरु बिदेश निर्यात गर्थ्यो। बिभिन्न कारणले गर्दा नेपालको कूर्षि प्रणाली बिग्रिन गइ तेर्सो मुलुक बाट आयात गर्नुपरेको छ ।
कोबिड–१९ का कारण कतिपयले भएको रोजगारी पनी गुमाइसकेका छन् । नेपालमा तत्कालीन रोजगारी सिर्जना गर्नका लागि कृषि नै उपयुक्त हुन्छ । पर्याप्त मात्रामा जमिन रहेकाले सरकारले उचित मापदण्ड र योजना बनाएर बेरोजगारी समस्या समाधान गर्न सकिन्छ । बिदेशबाट फर्किएका युवालाई पनि कृषिकर्ममा आधारित गराउन सके बर्षेनी लाखौं युवा विदेश पलायन हुने क्रम रोकिन्छ । (लेखक राष्ट्रिय युवा संघ नेपाल बझाङ्ग जिल्ला कमिटी सदस्य हुन् ।)
उत्तमजङ्ग सिंह ।