चितवन । चितवनका १० जनासहित थप १३ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा चितवनका १० जना र अन्य जिल्लाका ३ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाले शनिवार सांँझ अध्यावधिक गरेको विवरण अनुसार भरतपुर नगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन । शनिवार १६७ जनाको नमूना परीक्षण गरिएकोमा १५४ जनाको नतिजा नेगेटिभ आएको छ ।
।