सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्जसहित ४६ जना आज कोरोना जितेर घर फर्के

बाँके । बाँकेमा आइतबार ४६ जनाले कोरोनालाई जितेका छन्। कोरोना जितेर डिस्चार्ज हुनेमा अधिकांश प्रहरी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्जसहित ४६ जना डिस्चार्ज भएको जानकारी दिए ।

वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चाजसहित २९ जना प्रहरीलाई एकैदिन पोजिटिभ देखिएको थियो । त्यही दिन केही थप प्रहरी र अरुलाई कोरोना पुष्टि भएको थियो । ठूलो संख्याका प्रहरीलाई कोरोना देखिएपछि वडा प्रहरी कार्यालय, नेपालगन्जलाई सील गरेर संक्रमित २८ लाई त्यही राखिएको थियो ।

अरुलाई खुल्ला कारागार, इन्द्रेणी होटल, खजुरास्थित कोरोना विशेष अस्पतालमा राखिएको थियो । बाँकेमा आइतबारसम्ममा ६१४ जना डिस्चार्ज भएका छन् भने २०३ जना उपचारका क्रममा रहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतवार ०८:१८