सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

११ जना संक्रमित हुँदा २१ जनाले कोरोनामुक्त

बाँके । बाँकेका १० जनासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ५, नेपालगन्जका ३ र जानकीका २ र बर्दिया मधुवनका एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ८१७ पुगेको छ । हालसम्म ५६८ जना निको हुँदा चार जनाको भने मृत्यु भइसकेको छ । यसैबीच आजै बाँकेमा २१ जनाले कोरोनामुक्त भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु आज डिष्चार्ज भएका हुन् ।

खुला कारागार गनापुर आइसोलेसनबाट ९ जना, नेपालगन्जस्थित आदर्शनगर आइसोलेसनबाट ४, होटल सिटी प्यालेसबाट ४, कृषि तालिम केन्द्र खजुराबाट २ जना तथा भेरी अस्पताल र इन्द्रेणी होटल आइसोलेसनबाट १–१ जना निको भएर घर फकिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म बाँकेमा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या ५६८ पुगेको छ । बाँकेका विभिन्न आइसोलेसनमा बाँकेका २३५ र अन्य जिल्लाका ४ जना गरी २३९ जना आइसोलेसनमा रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १६:००