सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा ६ वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमण, कहाँका कति ?

काठमाडौं ।  गण्डकी प्रदेश थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशादा काठमाडौंमा गरिएका परिक्षणका शनिवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पोखराकी एक ६ वर्षीया बालिका पनि रहेकी छिन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित कास्कीका ३ जना, बाग्लुङका एक जना, तनहुँका २ जना, स्याङजाका २ जना र नवलपरासि पूर्वका ३ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको छ । थप कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

p.jpg

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १२:४३