सूचनाको शक्ति - The Power Of Information

        

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं । पहिरोका कारण ठप्प भएको मुग्लिङ नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ ।

पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुलेको मुग्लिङ नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरोका कारण सडकखण्डमा गाडी गुड्न सकेको थिएन ।

तर अहिले भने एकतर्फी सडक खुलेको र अबको एक घण्टापछि दुईतर्फी नै सडक खुलाउने तयारी भएको उनले जानकारी दिए।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०९:२४