सूचनाको शक्ति - The Power Of Information

        

पर्सामा २ जना कोरोना सङ्क्रमितको ज्यान गयो

पर्सा । कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सामा थप दुईको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका ज्यान गएको हो ।

५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०९:१३