सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भरतपुर अस्पतालको परिक्षणमा बाँकेका ५ सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ  ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले भदौ ५ गते कुल २७० नमुना परिक्षण गरेकोमा ३३ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार  नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरि ८ जना रहेका छन् भने बाँकेका ५ जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १६ जना छन् भने राप्ती नगरपालिकाका ४ जना रहेका छन् ।

अस्पतालले यो नतिजा भदौ ५ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०६:५२