सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, झापाका १, तेह्रथुमका ९, धनकुटाका १, मोरङका ९, सुनसरीका १३, धनुषाका ३१, पर्साका ५५, बाराका ८, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका १९, सर्लाहीका ९३, सिरहाका २१, काभ्रेका १, चितवनका १, दोलखाका २, धादिङका २, नुवाकोटका ३, मकवानपुरका २५, सिन्धुपाल्चोकका १, सिन्धुलीका १ र कास्कीका १९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै गोरखाका १, तनहुँका २, नवलपरासीका ३, बागलुङका ८, स्याङ्जाका १, कपिलवस्तुका ३०, गुल्मीका ६, दाङका ८, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका १८, रोल्पाका १, कालिकोटका १, जाजरकोटका १, दैलेखका १९, रुकुमका १, सल्यानका १, सुर्खेतका १, अछामका ३१, कैलालीका १, डडेल्धुराका २, डोटीका १६, दार्चुलाका १, बझाङका १ तथा बैतडीका १ जनामा कोरोना संक्रमण भएको हो।

कोरोना भाइरसको संक्रमण निको भएर थप २५९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ९६४ पुगेको छ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार २१:१३