सूचनाको शक्ति - The Power Of Information

        

तेजाब आक्रमणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु दुई लाख राहत दिनसमेत भनिएको छ ।

अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ ।

कार्कीको हाल उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार २१:०९