सूचनाको शक्ति - The Power Of Information

        

पहिरोमा बेपत्ता एक जनाको शव भेटियो, एक बालक अझै बेपत्ता

दैलेख । मगलबार राती गएको पहिरोमा बेपत्ता भएका भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ बर्षीय बलबहादुर रावतको शव भेटिएको छ ।

ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ बर्षीय बालक लोकेश कठायत भने बेपत्ता छन ।

उनको स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

बिहीबार लोहोरेखोलाले बगाउँदा नौमूले गाउँपालिका–४ कालिकाका २१ बर्षीय भविलाल बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:३५