सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा हाइस दुर्घटना, ११ जना घाइते, २ को अवस्था गम्भीर

बैतडी । बैतडीमा हाइस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ६ स्थित पन्तेउडा भन्ने स्थानमा दुर्घटना भएकाे हाे। महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको बा ३ ख ९११७ नम्बरको गाडी बुधबार साँझ साढे ६ बजे दुर्घटना भएको हो।

गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउँद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया बिस्ना जोशी रहेका छन्।

उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा  उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता किसन चन्दले जानकारी दिए।

हाइसमा १७ जना रहेको बुझिएको उनकाे भनाइ छ । अन्य समान्य रहेको प्रहरीले जनाएको छ । हाइस सडकबाट करीब २० मिटर तल खसेको छ भने चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:१६