चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ २ गते गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले भदौ २ गते कुल ४७० नमुना परिक्षण गरेकोमा ३० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुरका ५ जना, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक एक जना रहेका छन् ।
चितवनक नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १२ जना छन् भने राप्ती नगरपालिकाका २ जना खैरेनीका ५ जना र रत्ननगरका एक जना रहेका छन् ।
अस्पतालले यो नतिजा भदौ २ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।
सत्यपाटी ।