सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

अघिल्लो २४ घण्टामा ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ७१ हजार ६३५ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ०७:३९