सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना संक्रमित संख्या ७४५ पुग्यो, देशभर १०१६ जना थपिए

बाँके । बाँकेमा आज मंगलबार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा बाँकेका ११ जना, बर्दिया २ जना र सुर्खेत १ जना रहेका छन् ।

तीमध्ये नेपालगन्ज–१३ का पाँच बर्षिय बालक रहेका छन् । पछिल्लो २४ घण्टामा ५५० जनाको स्वाब परिक्षणका क्रममा १४ जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा संक्रमितको संख्या ७४५ पुगेको बताए । हालसम्म बाँकेमा ४६८ जना निको हुँदा चार जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ पुगेको छ ।

डा.गौतमले होम आइसोलेसनमा रहनेहरुको संख्या २ हजार ६०१ रहेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ५८० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनले १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । होम आइसेलेनमा रहेका मानिसहरुको २ हजार ८८७ छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १६:४७