सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् बलिउड निर्देशक निशिकान्त

भारत । भारतीय फिल्म अभिनेता तथा निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय कामतको सोमबार अपराह्न निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनको निधन मुटु रोगका कारण भएको बताइएको छ। ५० वर्षीया उनको हैदराबादको एसियन इन्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी अस्पतालमा निधन भएको अभिनेता रितेश देशमुखले बताएका छन् ।

उनको निधनप्रति बलिउड अभिनेताहरुले दुःख व्यक्त गरेका छन् । उनले सन २००८ मा फिल्म मेरी जानको निर्देशनसँगै बलिउड फिल्म यात्रा सुरु गरेका थिए ।

निशिकान्तले दृश्यम, मदारी, फोर्सजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए। कतिपय फिल्ममा भने उनको अभिनय पनि देख्न सकिन्छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०९:५९