सूचनाको शक्ति - The Power Of Information

        

बिस्फोटपछि लेबनानमा तीन लाख मानिस रोजगारविहीन

काठमाडौं । बेरुतमा गत साता भएको बिस्फोटपछि लेबनानमा बेरोजगारीको संख्या बढ्दै गएको छ । बिस्फोट लगत्तै करिब तीन लाख मानिस रोजगार विहीन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

विस्फोटका कारण भएको मानविय क्षतिसँगै आम मानिसले रोजगारीसमेत गुमाएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । विस्फोटलगत्तै देखिएको आर्थिक संकटका कारण सर्वसाधारणले रोजगारी गुमाउनुपरेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुराजिकले बिस्फोटमा घाइतेको संख्या उच्च रहेकाले रोजगारी गुमाउनेको संख्या उच्च रहेको बताउनुभयो ।

बिस्फोटमा परेर गम्भीर घाइते भएका ७० हजार मानिस तत्कालै रोजगारीमा फर्कन नसक्ने राष्ट्रसंघको भनाइ छ । बिस्फोटमा परेर २ हजारभन्दा बढी चिकित्सक घाइते हुनुका साथै उनीहरुका क्लिनिक तथा स्वास्थ्य सम्बन्धी संस्थाहरु क्षतिग्रस्त भएका छन् ।

यस्तै ४० हजार भवनहरु क्षतिग्रस्त भएका छन् । जसमध्ये तीन हजार निजी आवासका भवनहरु पूर्णरुपमा क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको शरणर्थीसम्बन्धी एजेन्सीले घाइते तथा कमजोर अवस्थामा रहेका लेबनानी शरणार्थी र आप्रवासीका परिवारलाई आपतकलीन सहयोगहरु जुटाइरहेको जनाएको छ ।

बिस्फोट लगत्तै एजेन्सी अन्इ दातृ निकायसँग समन्वय गरेर पीडितहरुलाई आपतकालीन सहयोग जारी राखेको जनाएको छ ।एजेन्सी

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०८:०३