काठमाडौं । चितवनमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ ।
मंगलबार पनि चितवनामा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सोमबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएो हो ।
कोराना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जना महिला, राप्तीको प्रहरी क्वारेन्टिनका ४० जना पुरुषर २ जना महिला रहेका छन् । त्यस्तै मकवानपुरका १ जना, बाराका २ जना र गोरखाका १ जना रहेका छन् ।
सत्यपाटी ।