सूचनाको शक्ति - The Power Of Information

        

एसईईको नतिजा सार्वजनिक

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

सोमबार अपरान्ह् बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको मूल्यांकन बोर्डमा आइपुग्न ढिला हुनु तथा कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न नसकेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

बोर्डका अनुसार ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी भएकोमा ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।बाँकी परीक्षार्थी अयोग्य भएका छन् गत वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार २१:१४