सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका जनप्रतिनिधिसहित ११ जना कोरोनामुक्त

बाँके । कोरोनालाई जितेर नेपालगन्ज उपमहानगरपालिका–१ का अध्यक्ष प्रमोद रिजालसहित ११ जना सोमबार घर फकिएका छन् । उनीहरुमा १९ साउनमा कोरोना पुष्टि भएको थियो । आज सोमबार उपमहानगरपालिकाका चार जना अधिकृत पनि कोरोनालाई जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनीहरु सबै सोमबार ११ बजे घर फर्किएको उनले बताए ।

लक्षणसहितको कोरोना देखिएपछि वडाध्यक्ष रिजालसहित ११ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडाध्यक्ष रिजालले आज विहानै पनि आफ्नो फेसबुक वालमा कोरोनालाई जितेर सोमवार ११ बजे घर फर्किएको दिएका थिए । बाँकेमा कोरोनालाई जितेर अहिलेसम्म ४५५ जना घर फर्किएका छन् । सोमबारसम्म २७२ जना विभिन्न आइसोलेसनमा रहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १४:४६